Live

बालकल्याण मावि भुरुवाको शैक्षिक सत्र २०८० को नतिजा प्रकाशन सम्पन्न


लम्की/ चैत्र २७
लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८० को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक रुपलाल जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सिद्धराज तिमिल्सैना रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष चन्द्रप्रसाद जैशी र विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष गीता गडतोला थापा रहनुभएको थियो ।
कार्यक्रममा कक्षा शिशु देखि कक्षा ७ र कक्षा ९ को नतिजामा प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थी छात्र छात्रालाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को उत्कृष्ट वर्ष शिक्षकका रुपमा शिक्षक भक्तबहादुर चौधरीलाई सम्मान गरिएको थियो ।


त्यसैगरी कार्यक्रममा शैक्षिक सत्र २०८० को उत्कृष्ट मनिटरका रुपमा छात्र तर्फ कक्षा ४ का मनिटर देबेन्द्र न्यौपाने र छात्रा तर्फ कक्षा ९ की उर्मिला ढकाललाई पुरस्कृत गरिएको छ भने अनुशासित विद्यार्थीका रुपमा छात्रतर्फ  कक्षा ५ का निराजन भण्डारी र छात्रातर्फ कक्षा ८ की जेनिशा बिष्ट पुरस्कृत भएका छन । 
बालविकासतर्फको सरसफाइमा छात्रमा विशाल टमट्टा र छात्रामा अनु तिखार्ती तथा कक्षा १-३ तर्फ छात्रमा कक्षा ३ का रोहित बिक र छात्रामा कक्षा २ की एलिसा चौधरी पुरस्कृत भएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
परीक्षा समिति संयोजक भक्तबहादुर चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस