Live

प्रसिद्व पाठशाला लम्कीको ४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

लम्कीचुहा १ लम्की सि टोलमा रहेको पसिद्व पाठशालाको शैक्षिक सत्र २०८० को वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम आज विहीबार सम्पन्न भएको छ । 
विधालयका संस्थापक विरेन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्की चुहा नगरपालीका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहनु भएको थियो । यस्तै विशिष्ट अतिथिमा लम्की प्याब्सन केन्द्रीय सदस्य तथा मोडेल लाइफ भिजन एकेडमीका प्रध्यानाध्यापक डिल्लीराम बोहरा, लम्की प्याब्सनका सचिव तथा गोल्डेन फिउचर एकेडेमीका प्रध्यानाध्यापक भुपेन्द« तिमिल्सैना र क्याम्ब्रिज वोर्डिङ स्कुल बलियाका प्रध्यानाध्यापक मोहन प्रसाद ढुंगाना रहनुभएको थियो । 
कार्यक्रममा नतिजा प्रकाशन संगै प्रथम , दोस्रो र तेस्रो हुनेलाई पुरुस्कार वितरण गरिएको थियो भने विध्यार्थीहरुले थुप्रै सास्कृतिक पहिचान झल्काउने नृत्यहरु प्रदसन गरेका थिए । 
कार्यक्रममा स्वागत मन्तव्य प्रसिद्व पाठशाला लम्कीकी प्रध्यानाध्यापक प्रिया प्याकुरेलले राख्नु भएको थियो र यस्तै मन्तव्य भुपेन्द« तिमिल्सैना र डिल्लीराम बोहराले राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस