Live

दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकमा

भारतको नियम पुरा गरेर सबै शवहरु नेपाल ल्याईदै

बाँके – भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाट नजिक भएको गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा बेतालघाट नजिकै अस्ति राति भएको गाडी दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छ जनाको निधनले वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताउनुभयो ।

दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको ज्यान गएको थियो । वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियाको फत्तेपुरगाउँका उदयराम थारू, धिरज थारू र विश्राम थारू, रिहारपुर गाउँका तिलकराम थारू तथा थपुवागाउँका अन्तराम थारू र विनोद थारूको ज्यान गएको छ । थपुवा गाउँकै दशरथ थारू र फत्तेपुरका शान्ति थारू घाइते हुनुभएको छ ।

वडाध्यक्ष थारूले भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस