सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दै भारत
काठमाडौं । भारतले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको एक हप्तामै सूर्यको अध्ययनका लागि नयाँ आज मिसन प्रक्षेपण गर्दैछ। आदित्य एल–वान नाम दिइएको मिसन शनिबार बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटाबाट प्रक्षेपण गर्न लागिएको भारतीय अन्तरिक्ष संगठन इस्रोले जनाएको छ।
यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र पृथ्वीबीचको सिधा रेखामा १५ लाख किलोमिटरको दूरीमा पुग्नेछ।
पृथ्वीबाट १५ लाख किलोमिटर टाढादेखि सूर्यको गुरुत्वाकर्षण शक्तिको प्रभाव क्षेत्र मानिन्छ । ल्यागरेन्ज पोइन्ट भनिने शून्य गुरुत्वाकर्षण क्षेत्रसम्म पुगेर भारतीय अभियानले सूर्यसम्बन्धी नयाँ तथ्य खोजी गर्ने वैज्ञानिकले बताएका छन्। सूर्य अत्यन्त ताप भएको ग्रह हो। त्यसैले कुनै पनि मिसन सूर्यको नजिक जाँदा पग्लिएर नष्ट हुन्छ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु


प्रतिकृया दिनुहोस