प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
दुःखको बेला कार्यक्रम रोक्ने होइन, त्यसैलाई सहयोग जुटाउने माध्यम बनाउनुपर्छ भन्ने सन्देशसहित पूर्वी नगर समितिद्वारा तीज कार्यक्रमबाटै आर्थिक संकलन ।
प्राकृतिक विपत्तिका बेला पूर्वनिर्धारित कार्यक्रम रोक्नुभन्दा त्यसलाई पीडितको सहयोग जुटाउने माध्यम बनाउनुपर्ने सन्देशसहित भारतको बेङ्लोरमा आयोजित हरितालिका तीज कार्यक्रमबाट रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग संकलन गरिएको छ।

प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति अन्तर्गतको पूर्वी नगर समितिले आयोजना गरेको उक्त कार्यक्रमबाट भारु २६ हजार १५ अर्थात् नेपाली ४१ हजार ६ सय २४ रुपैयाँ राहत संकलन भएको हो। देशका विभिन्न भूभाग बाढीपहिरोबाट प्रभावित भइरहेका बेला कतिपय संघ–संस्थाले मनोरञ्जनात्मक कार्यक्रम स्थगन गर्ने निर्देशन दिइरहेको सन्दर्भमा पूर्वी नगर समितिले भने रचनात्मक अभ्यास अघि सारेको छ। “दुःखको समयमा कार्यक्रम नगर्ने होइन, कार्यक्रमलाई नै पीडितको सहयोगमा प्रयोग गर्नुपर्छ” भन्ने मान्यतासहित समितिले तीजको सांस्कृतिक कार्यक्रमलाई शोकसभा तथा राहत संकलन अभियानका रूपमा रूपान्तरण गरेको आयोजकले जनाएको छ।

नगर उपाध्यक्ष तथा महिला विभाग प्रमुख तिर्सना धमालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य जगदिश आचार्य प्रमुख अतिथि र केन्द्रीय समिति सदस्य राजिन्द्र खनाल विशिष्ट अतिथि रहेका थिए। स्मृति खड्काले सञ्चालन तथा ज्योति बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा संघका केन्द्रीय समिति प्रतिनिधि परिषद् सदस्यहरू रामप्रसाद जोशी र कृष्णबहादुर खड्का, राज्य अध्यक्ष भरत बाब्ली, उपाध्यक्ष अमृता खनाल, सचिवालय सदस्य तथा नगर इन्चार्ज हेमा कंडेल, राज्य सदस्यहरू बिना बजगाईं, झंकर साउद, प्रकाश परिवार र दीपेन्द्र क्षेत्री लगायतको उपस्थिति थियो। त्यसैगरी पूर्व राज्य सदस्यहरू दानबहादुर रावत, कमल शाही, श्याम थापा, नगर अध्यक्ष गणेश रसाइली, सचिव उपेन्द्र थापा, उपसचिवहरू नवराज देउवा, पदम खड्का, आर्थिक विभाग प्रमुख अर्जुन भट्ट, नगर सदस्य रमेश शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि चन्द्र भण्डारी तथा नेपाल पत्रकार महासंघका सदस्य टेक नारायण पौडेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पूर्वी नगर समितिको यस कदमले विपत्तिको समयमा सामाजिक तथा राजनीतिक संगठनहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने नयाँ बहससमेत सिर्जना गरेको छ। सामान्यतया विपत्तिका बेला कार्यक्रम स्थगित गर्नुलाई मात्र संवेदनशीलता मान्ने गरिए पनि कार्यक्रमको स्वरूप बदलेर पीडितका लागि आर्थिक स्रोत जुटाउनु थप व्यावहारिक र परिणाममुखी हुने सहभागीहरूको भनाइ थियो। प्रवासमा रहेका सयौँ स्थानीय कमिटीहरूले आफ्ना नियमित कार्यक्रमलाई यसरी नै राहत अभियानसँग जोड्न सके सानो–सानो सहयोगबाट पनि करोडौँ रुपैयाँको आर्थिक कोष निर्माण गर्न सकिने सम्भावना यस कार्यक्रमले देखाएको छ। संकटको घडीमा परम्परागत आदेश र निर्देशनमा मात्र सीमित नभई परिस्थितिको आवश्यकता बुझेर नतिजामुखी कदम चाल्ने नेतृत्व आजको आवश्यकता भएको निष्कर्ष कार्यक्रमले निकालेको छ। दुःखमा केवल मौन बस्नुभन्दा पीडितको पीडा कम गर्न रचनात्मक ढंगले अघि बढ्नु नै वास्तविक सामाजिक जिम्मेवारी भएको सन्देश बेङ्लोरको यस कार्यक्रमले दिएको छ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस