रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
विदेशमा रहेका नेपालीलाई समेत स्वदेश फर्काएर रोजगारी दिने आश्वासनसहित चुनाव जितेर सरकारमा पुगेको पार्टी रास्वपाका एक स्थानीय नेता आँसु खसाल्दै मुग्लान भासिएका छन् । रास्वपा रोल्पाका नेता यसपाल घर्ती मगर रोजगारीका लागि दुबई उडेका हुन् । विदेश जानुअघि फेसबुकमा स्टाटस लेखेर उनले देशमा रोजगारीको सम्भावना नभएपछि यो निर्णय गर्नु परेको जानकारी गराएका थिए । रास्वपा त्रिवेणी गाउँपालिकाका सभापतिसमेत रहेका यसपाल गत फागुन २१ को निर्वाचनमा घन्टीको प्रचारमा मरिमेटेर खटिएका थिए । रास्वपा सभापति रवि लामिछानेको भाषण र प्रधानमन्त्री बालेन्द्र साहको 'क्रेज' ले अरूजस्तै लोभिएका उनलाई 'नयाँ' पार्टीको सरकार आए देशमै रोजगारी पाइने विश्वास थियो । रविले चुनावताका आफूहरू सरकारमा आएपछि पहिलो सय दिनमा कम्तिमा सय नेपालीलाई विदेशबाट फर्काएर स्वदेशमै जागिर दिने भाषण गरेका थिए । विदेशका गल्ली-गल्लीमा सूचना टाँस्न आफैँ पुग्ने पनि भनेका थिए । तर, पार्टीले सत्ता सम्हालेको लामो समयसम्म त्यस्तो कुनै छाँट नदेखेपछि यसपाल निराश थिए । एकातिर देशभित्र रोजगारीको अवसर नहुनु, अर्कोतिर आर्थिक अवस्था कमजोर बन्दै गएपछि उनी विदेशिने सोचमा पुगे । पछिल्लो समय त उनी देशको राजनीतिप्रति पनि दिक्क हुन थालेका थिए । प्रधानमन्त्री बालेन्द्र र गृहमन्त्री सुधन गुरुङकाे कार्यशैलीप्रति दिक्क मान्दै साथीभाइसँग भन्ने गर्थे- 'याे राजनीति हामीजस्तो मान्छेले गर्ने चिज होइन रहेछ । मलाई अहिले बल्ल फिल हुँदैछ । सायद, खाडीतिर जान्छु हाेला ।' त्यसको केही दिनमै फेसबुकमा 'रहर र बाध्यता सँगै' लेखेर यसपाल दुबई उडेका हुन्
( जन आस्था बाट साभार )
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस