भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु
प्राप्त रकम सबै राहत कोषमा जम्मा गरिने
विपद्को समयमा दुरीले छेक्दैन र सहयोगी हातहरू जहाँबाट पनि जुट्न सक्छन् भन्ने उदाहरण कैलालीको लम्कीका किसानले देखाएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार तथा राहतका लागि लम्कीमा ड्र्यागन फ्रुटमार्फत एक उदाहरणीय सामाजिक अभियान सुरु गरिएको छ। 'एक दाना ड्र्यागन फ्रुट खाऔं, रसुवा बाढीपीडितलाई सहयोग गरौं' भन्ने मनछुने नाराका साथ यो अभियान थालिएको हो।

अभियानअन्तर्गत 'ड्र्यागन परिवार'ले एक दिनको ड्र्यागन फ्रुट बिक्रीबाट प्राप्त हुने शतप्रतिशत (सबै) रकम बाढीपीडितको राहत कोषमा जम्मा गर्ने घोषणा गरेको छ। आफूहरू ड्र्यागन फ्रुटका साना किसान भए पनि विपद्मा परेका नागरिकलाई सहयोग गर्नु आफ्नो प्रमुख सामाजिक दायित्व ठानेर यो कदम चालिएको उनीहरूले जनाएका छन्।

यसैबीच, बाढी आएको ११औं दिनको अवसर पारेर लम्की बजार चौराहामा ११ वटै दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौन धारण गरिएको थियो। सो क्रममा बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको सकुशल उद्धारका लागि प्रार्थना समेत गरियो।

उक्त भावपूर्ण कार्यक्रममा लम्कीचुहा उद्योग वाणिज्य संघका प्रतिनिधि पदमराज जैसी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका प्रतिनिधि रंगप्रसाद तिमिल्सेना, ड्र्यागन पार्क लम्की तथा भूमिपुत्र कृषि तथा पशुपन्छी फर्मका सञ्चालक गणेशप्रसाद ढकाललगायतको सहभागिता रहेको थियो। विपद्को यो घडीमा आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग उपलब्ध गराउन अभियानकर्ताले सबैमा आग्रह गरेका छन्।
आफूले खरिद गर्ने एउटा मात्र ड्र्यागन फ्रुटले पनि पीडितको घाउमा मलम लगाउन सहयोग पुग्ने भन्दै उनीहरूले यस पवित्र अभियानमा जोडिन आम नागरिकलाई हार्दिक अपिल गरेका छन्। सानो प्रयासले पनि ठूलो मानवीय सार्थकता पाउन सक्छ भन्ने बलियो सन्देश यो अभियानले दिएको छ ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस