१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
कैलाली क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट सर्वसम्मत चयन, नेविसंघमार्फत विद्यार्थी राजनीतिमा पनि सक्रिय।
नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट १९ वर्षीया रेजिना बिष्ट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्।

पद्मकन्या मल्टिपल क्याम्पसमा बीबीएम छैटौँ सेमेस्टरमा अध्ययनरत उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन्। सानै उमेरमा पार्टीको महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा पुगेसँगै बिष्टको राजनीतिक यात्राले चर्चा पाएको छ। युवापुस्ता राजनीतिबाट टाढिँदै गएको र राजनीतिलाई पेसा वा भविष्यको विकल्प बनाउन हिचकिचाइरहेको बहसका बीच उनको सक्रियताले युवा सहभागिताको विषयलाई फेरि चर्चामा ल्याएको छ। जानकी गाउँपालिका–२ स्थायी ठेगाना भएकी बिष्टले एसएलसी पायोनियर एकेडेमी, लम्कीबाट र कक्षा १२ लिभरपुल इन्टरनेसनल एकेडेमी, नयाँ बानेश्वरबाट उत्तीर्ण गरेकी हुन्। उनी उच्च शिक्षासँगै विद्यार्थी तथा पार्टी राजनीतिमा सक्रिय छिन्।

महाधिवेशन प्रतिनिधिमा उनको सर्वसम्मत चयनले पार्टी राजनीतिमा नयाँ पुस्ताको उपस्थितिलाई देखाएको छ। तर, युवा नेतृत्वको प्रभावकारिता उमेर वा पदमा मात्र सीमित हुँदैन। जनताका मुद्दामा सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र जवाफदेहिताले नै त्यसको सार्थकता निर्धारण गर्नेछ। १९ वर्षीया बिष्टको राजनीतिक यात्राले आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने हेर्न बाँकी छ। यद्यपि, उनको छनोटले राजनीतिमा युवाको सहभागिता र नेतृत्व विकासबारे बहस गर्ने एउटा सान्दर्भिक आधार भने दिएको छ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस