बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
एकता प्रवासी समाज, बेङ्लोर समितिले आफ्नो पहिलो वार्षिकोत्सवका साथै दसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। घटस्थापनाको पावन अवसरमा आयोजित कार्यक्रम समितिका अध्यक्ष सीताराम खत्री ‘सागर’को अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन योगेन्द्र बोहोरा र निर्मला साउद महताले गरेका थिए। कार्यक्रममा श्री भरत छेंगल भग प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, नेपाल पत्रकार महासंघ भारत शाखाका सदस्य टेकनारायण पौडेल ‘दयालु’, सगरमाथा कलाघर बेङ्लोरका अध्यक्ष दलबहादुर बोहोरा र प्रवासी नेपाली सम्पर्क मञ्चका टेक राज अमै विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा रीता शाही र पूजा बुढालगायतको पनि सहभागिता थियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाल र भारतका राष्ट्रिय गान प्रस्तुत गरिएका थिए। साथै, नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै टेकनारायण पौडेल ‘दयालु’, टेक राज अमै र दलबहादुर बोहोराले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो सुरक्षा, आत्मसम्मान र भविष्यप्रति सचेत रहन आग्रह गरे। उनीहरूले अपरिचित व्यक्तिका झूटा आश्वासनमा नपर्न, मेहनतबाट कमाएको रकमको बचत गर्न तथा अन्यायविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए। नेपालीहरूबीच आपसी सहयोग, एकता र सद्भाव आवश्यक रहेको उल्लेख गर्दै वक्ताहरूले एकअर्काको खुट्टा तान्ने प्रवृत्तिभन्दा हातेमालो गर्दै अघि बढ्ने संस्कारको विकास गर्नुपर्ने बताए। दुःखमा साथ दिने र सुखमा खुसी बाँड्ने भावना नै प्रवासी नेपाली समुदायको बलियो आधार भएको उनीहरूको भनाइ थियो।

पैसा कमाउनु मात्र सफलता नभई आफ्नो इज्जत, सुरक्षा र आत्मसम्मान जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनीहरूले बताए। कार्यक्रममा कलाकारहरू सन्तोष थापा, जोराजी, राजेश बिसी, सरोज र निर्मला धामीले गीत तथा नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। पश्चिम नेपालको मौलिक सांस्कृतिक पहिचान बोकेको देउडा पनि प्रस्तुत गरिएको थियो। विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। समाजको पहिलो वार्षिकोत्सव तथा नेपाली चाडपर्वको अवसरमा आयोजित कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस