साढे २१ करोडको लगानीमा कमलामा झोलुङ्गे पुल बन्दैछ
जनकपुरधाम । धनुषा र सिरहा जिल्लालाई जोड्न कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणले गति लिएको छ । पुल निर्माणका लागि मजदुर र प्राविधिक गरी ४२ जना दिनरात खटिरहेका छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल र सिरहा नगरपालिका १३ गम्हरियालाई जोड्न झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुलको लम्बाई एक हजार ५०१ मिटर (१५००.४४ मिटर) रहेको छ । सम्भवतः यो नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हुनेछ ।
यो झोलुङ्गे पुल एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहनेछ । पुल निर्माण भएपछि धनुषा र सिरहाका लाखौँ जनतालाई आवतजावत गर्न सहज हुनेछ । यसका साथै पुल हेर्न र मनोरञ्जन गर्न पनि आन्तरिक पर्यटकहरू आउने स्थानीयको विश्वास छ ।
अहिले निर्माण हुन लागेको झोलुङ्गे पुल हुलाकी राजमार्गदेखि करिब ४/५ किलोमिटर दक्षिणमा पर्छ । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा पनि पुल निर्माणाधीन छ । तर पुल लगभग निर्माण भइसकेपछि गत वर्ष भासियो । त्यसपछि पुनः निर्माणको काम अलपत्र छ ।
सरकारले पटक पटक कमला पुल पुनः निर्माण कार्य अगाडी बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि टेरेको छैन । अहिले त्यहाँ मोटरसाइकल, साइकल र पैदल यात्रीहरू भासिएको पुल भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

कमला नदीमा असार, साउन र भदौमा बाढी आउँछ । यो तीन महिना सिरहा र धनुषाका बासिन्दाको सम्बन्ध नै विच्छेद हुन पुग्छ । पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा वर्षेनी सास्ती झेल्छन् ।
पुल निर्माण भएर गाडी चल्न थाले सिरहा सदरमुकामबाट जनकपुर पुग्न मात्र आधा घण्टा लाग्छ । तर अहिले पूर्वपश्चिम राजमार्गबाट यात्रा गर्नुपर्दा तीन घण्टा लाग्छ । जसका कारण समय बर्बादसँगै आर्थिक मारमा पनि पर्ने गरेका छन्– त्यस क्षेत्रका जनता ।
अहिले निर्माण भइरहेको झोलुङ्गे पुल त्यस क्षेत्रका जनताका लागि वैकल्पिक मार्ग हुनेछ । झोलुङ्गे पुल निर्माणले सिरहा नगरपालिका र जनकनन्दिनी गाउँपालिकाका दक्षिणी भेगका जनता खुशी छन् ।
सिरहा नगरपालिका १३ का मुकेश शर्माले झोलुङ्गे पुल निर्माणले गति लिएपछि खुशी भएको बताए । उनले भने, ‘यो पुल नहुँदा हामी भारतको जयनगर वा हाईवेको बाटो प्रयोग गर्नुपर्छ । तर अब यो समस्या छिट्टै टर्दैछ
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु


प्रतिकृया दिनुहोस