२१ हजार नाघ्यो डेंगु संक्रमितको संख्या
काठमाडौं– नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ।
महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ।
महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु संक्रमण दैनिक रूपमा बढेको बताए।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
सुनसरीमा मात्र ११ हजार बिरामी पुगे
संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा छन्।
महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगु संक्रमण देखिएको छ।
सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगुका बिरामी भेटिएका छन्।
डेंगु पानी जम्ने सफा ठाउँमा 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु

प्रतिकृया दिनुहोस