Live

एसिया कपः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । श्रीलंकालाई हराउँदै भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।​ मंगलबार राति कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा आयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत एक खेल अगावै फाइनलमा पुगेको हो ।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो । ​ श्रीलंकाका लागि दुनिथ वेलालागेले ४२, धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममा र कुशल मेन्डिसलेसमान १७–१७ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४, रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २–२ विकेट तथा मोहम्मद सिराज र हार्दिक पाण्ड्यले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९ ओभर १ बलमा आलआउट हुँदै २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किशनले ३३, अक्सर पटेलले २६ र सुभमन गिलले १९ रन बनाए। बलिङतर्फ श्रीलंकाका दुनिथ वेलालागेले ५, चरिथ असलंकाले ४ र महिस तिक्षणाले १ विकेट लिए ।

प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले ४ अंक जोडेको छ । समान खेलबाट २ अंक जोडेको श्रीलंका अंक तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस