Live

मंगलबारदेखि जनकपुरधामा विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता

 जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो । जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी अन्तराष्ट्रिय रगशालामा हुने प्यावसनका जिल्ला अध्यक्ष तथा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको छ ।

प्रतियोगिता ‘रनिङ कप’ भएपनि कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित भएको थियो । यस वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाएको छ । यस प्रतियोगिताले स्थानीय स्त्तरबाट खेलाडी उत्पादन हुने उनले विश्वास जनाए । ‘प्रतियोगिताबाट प्रतिभावन खेलाडीको टिम बनाएर प्रशिक्षण दिने छौं,’उनले भने,‘राम्रा १५ खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति पनि दिने तयारी छ ।’ आइसीसी मान्यता अनुसार प्रतियोगिता हुने अन्तराष्ट्रिय एम्पायर रामकैलाश यादवले बताए । उनका अनुसार प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छन् ।

प्रतियोगिता विजेता र उपविजेता टिमको लागि आकर्षक कप र प्रमाणपत्र दिनेछन् । जनकपुरधाममा पछिल्लो समय क्रिकेट क्रेज बढेको छ । नियमित खेलकुदको गतिविधिहरु भइरहेको छ । हालै पोखरामा भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको छ । देशमा संघीयता आएपछि पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्त्तरको प्रतियोगिता जितेको छ ।

 

 

प्रतिकृया दिनुहोस