आनन्द साहको शव धनुषा ल्याइयो
जनकपुरधाम, १८ कात्तिक । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ
_Klyr2aM74g.jpg)
नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा रहेको उनको घरमा ल्याइ दिएको छ ।
विमानबाट शनिबार अपराह्न साढे ५ बजे जनकपुरधाम विमानस्थलमा उनको शव ल्याइएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए । शनिबार राति नै आनन्दको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
गत १३ कात्तिकमा मात्रै परराष्ट्र मन्त्रालयले आनन्दको शव पहिचान भएको बताएको थियो ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु



प्रतिकृया दिनुहोस