सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनुभयो ।
नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक बिदा दिइने निर्णय उहाँको भनाइ छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थिक शरीर श्रदाञ्जलीका लागि आज एमालेको पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले जनाएको छ ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस