Live

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

२००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।

स्वर्गीय नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने

सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।

इलाम- १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको पार्थिव शरीर आज र भोलि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने छ ।

प्रतिकृया दिनुहोस