मन्त्री रामसरोज यादवले वृक्षारोपण गरि आफनो जन्मोत्सव मनाए
नेपाली कांग्रेसका नेता प्रदेश सांसद तथा पुर्व मधेश प्रदेश सरकारका मन्त्री रामसरोज यादवले वृक्षारोपण गरि आफनो जन्मोत्सव मनाएको छ । जनकपुरधाम वडा नं. ८ का युवा नेता दिपक ठाकुरको पहलमा एक विद्यालयमा रुद्राक्ष, अमला, निम सहितका वृक्षहरुको रोपेर उनले जन्मदिन मनाएका छन् ।
मोर्डन नेपाल अंग्रेजी आवासीय विद्यालयका विद्यार्थी, अभिभावक र सञ्चालकहरु, पार्टीका नेताहरुसंग नेता यादवले जन्म दिन मनाएका हुन । पर्यावरणको रक्षा र वातावरण सन्तुलन मात्र नभई मानव जिवनको रक्षाका लागि पनि वृक्षारोपण अपरिहार्य रहेकाले सबैले आफनो जन्म दिनमा कम्तिमा एक वृक्ष रोप्ने र त्यसलाई हुर्काउने प्रण गर्नु पर्ने उनको भनाई थियो ।

सो अवसरमा कांग्रेस मधेश प्रदेशका सदस्य जिवनाथ चौधरी, रामानन्द युवा क्लवका पदाधिकारीहरु सहित कांग्रेसका युवा नेताहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा केक काटेर शुभकामना र बधाई ज्ञापन गरिएको थियो ।
भर्खरै
१९ वर्षमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिन् रेजिना बिष्ट
बेङ्लोरमा चुरे एकता प्रवासी समाजको पहिलो वार्षिकोत्सव सम्पन्न
प्रवासी नेपाली संघ बेङलोरद्वारा रसुवाका बाढीपीडितका लागि ४१ हजार रुपैयाँ राहत संकलन
रास्वपा सभापतीले भक्कानिंदै देश छाडे
नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव : भिषण बाढी आउन सक्ने
गोरखामा बाढीले ४ घर र फलामे पुल बगायो
भोटेकोशी बाढि पिडितको सहयोगार्थ कैलालीको लम्कीमा ड्रागन फ्रुट बिक्री सुरु




प्रतिकृया दिनुहोस